दफा २१
म्याद वा न्यायिक लिखत तामेल गर्न अनुरोध गर्न सक्ने
विदेशी अदालतमा विचाराधीन रहेको न्यायिक कारबाहीसँग सम्बन्धित व्यक्ति वा निकाय नेपालमा रहेकोले त्यस्तो व्यक्ति वा निकायको नाममा कुनै म्याद वा न्यायिक लिखत जारी गर्नु पर्ने भएमा त्यस्तो विदेशी राज्यको अदालतको आदेश बमोजिम सो अदालतबाट जारी भएको कुनै म्याद वा न्यायिक लिखत तामेल गर्न विदेशी राज्यले कूटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।